लामो समयको अन्तराल पछि नायक भुवन केसी पर्दामा फर्किने तयारी गरेका छन्। भुवन केसीले नयाँ फिल्म मिस्टर नेपालीमा मुख्य भूमिका निर्वाह गर्दैछन्। फिल्ममा भुवनको जोडी बनेर नायिका रिमा विश्वकर्मा अनुबन्धित छिन्। धेरै उमेर अन्तर भएका भुवन र रिमाले यस चलचित्रमा जोडी भएर काम गर्दैछन्।
‘देवचुली फिल्मस्’को ब्यानरमा निर्माण हुने यस फिल्मलाई प्रेमराज दाहालले निर्माण गर्न लागेका हुन्। फिल्ममा देव नारायण भुषालको लेखन तथा निर्देशन रहने छ।
फिल्ममा भुवन र रिमासँगै बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तव साहिल श्रेष्ठ र कुसुम राउतको पनि अभिनय रहने छ। फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ।