फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। हरर जनरामा निर्माण भएको फिल्म ट्रेलर डरलाग्दो नै छ। ट्रेलरमा एउटा भूत घरको कथा देखाइएको छ।
‘डीएस डीजिटल’को ब्यानरमा निर्माण भएको यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। हरर फिल्म ‘सुनकेसरी’ निर्देशन गरिसकेका निर्देशक तथा कलाकार अर्पण थापाले यस फिल्मको लेखन तथा निर्देशन गरेका हुन्।
फिल्ममा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। निरज कँडेलले खिचेको यस फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। फिल्मले साउनको ३ गतेलाई रिलिज मिति पक्का गरेको छ।