अहिले रणवीर सिंह आफ्नो नयाँ फिल्म ‘८३’मा व्यस्त छन्। ‘८३’को सुटिङ सुरु भएको छैन्। तर, रणवीर भने यस फिल्मको लागि भरपूर तयारी गरिरहेका छन्। फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्नेछन्। त्यसैको लागि रणवीर अहिले क्रिकेट सिकिरहेका छन्।
हालै रणवीरले नयाँ फिल्ममा काम गर्ने समचार पनि बाहिरिएको छ। ‘८३’ पश्चात् रणवीरले ‘यशराज फिल्मस्’को व्यानरसँग सहकार्य गर्नेछन्। यशराज फिल्मस्को व्यानरमा बन्ने नयाँ फिल्म ‘जोयशभाई जोरदार’मा रणवीर पक्का भएका छन्।
जोयशभाई जोरदारलाई दिव्यांग ठक्करले निर्देशन गर्नेछन् यस फिल्मलाई मनोरन्जनात्मक कमेडी फिल्म भनिएको छ। रणवीरले भने गुजारती युवाको भूमिका निर्वाह गर्नेछन्।