फिल्म ‘पासवर्ड’को पहिलो गीत सार्वजनिक भएको छ। सर्वजनिक ‘आजको साम’ बोलको गीतमा बलिउडकी चर्चित नायिका सन्नी लियोनीले नृत्य गरेकी छिन्। भिडियोमा सन्नीसंगै अभिनेता बिक्की जोशी र अनुपविक्रम शाही फिचर छन्।
बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको भिडियो ५ करोड बढि लगानीमा तयार भएको बताइएको छ। गीतको भिडियो लण्डनमा खिचिएको हो।
सार्वजनिक गीतमा बिक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेलको स्वर रहेको छ।
सम्राट बस्नेतको निर्देशन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्। एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायांकन छ।
भाद्र २६ गते देखि प्रदर्शनमा आउने फिल्ममा बिक्की र अनुपबिक्रमसँगै बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतको मुख्य भूमिका रहेको छ।