फिल्म ‘प्रेम गीत ३’मा नयाँ नायकको प्रवेश भएको छ। अस्कर इन्टरनेश्नल कजेजबाट अभिनय अध्ययन गरेका मनिष राउत प्रेम गीत ३ को मुख्य भूमिकामा पक्का भएका छन्। निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै उनको मुख्य भूमिका रहेको बताएको छ। पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिएका छन् भने अर्को पोस्टरमा बन्चरो सहित देखिएका छन्।
पहिलो र दोश्रो हिट भएको ‘प्रेम गीत’ सिरिजको तेश्रो श्रृंखलामा मनिष नयाँ अनुहार हुन्। यस अघिका दुई फिल्ममा भने नायक प्रदीप खड्का मात्र मुख्य भूमिकामा थिए। यस फिल्ममा पनि प्रदीप यथावत छन् । प्रदीपले नै यस फिल्ममा प्रेमको भूमिका निर्वाह गर्नेछन् ।
फिल्मको लागि नायिका भने पक्का भइसकेको छैन्। निर्माण युनिटले केही दिन अगाडि मात्र २५ युवतीको अडिसन लिएको थियो। त्यहीँ २५ बाट फिल्मको लागि मुख्य नायिका अर्थात् गीत छानिने छ।
‘अ फर्बिडन लभ स्टोरी’ भनिएको यस फिल्मलाई सन्तोष सेन र छेतन गुरुङले संयुक्त निर्देशन गर्नेछन्। ‘आशुसेन फिल्मस्’को व्यानरमा बन्ने यस फिल्ममा सन्तोष सेनको लगानी रहने छ । फिल्मले चैत्र २८ गतेलाई प्रदर्शन मिति पक्का गरेको छ।