शुक्रबार नायिका नम्रता श्रेष्ठले आफ्नो ३३ औँ जन्मदिन मानाइन्। उनको आगमी फिल्म ‘जाइरा’ टिम र पत्रकारहरुबिच उनले आफ्नो जन्मदिनको केक काटेकी थिइन्।
सेतो पहिरनमा सजिएर आएकी नायिका नम्रतालाई निकै सुन्दर देखिएको थियो। धेरैले उनको सुन्दरताको तारिफ गरिरहेका थिए।
सोही अवसरमा फिल्म ‘जाइरा’ टिमले आफ्नो पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा नम्रतालाई एक्सन अवतारमा देखाइएको छ। नम्रताले यस फिल्ममा बक्सरको भूमिका निर्वाह गर्दैछिन्। फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, रेमन दाश, प्रमोद अग्रहरीको पनि मुख्य भूमिका रहेको छ।