आज भन्दा ७ वर्ष पहिला रिलिज भएको फिल्म ‘राउडी राठौर’ निकै सफल फिल्ममा गनिन्छ। रिलिज भएको लामो समयपछि निर्माण युनिटले यसको सिक्वेल बनाउने तयारी गरिरहेको छ।
‘राउडी राठौर’मा नायक अक्षय कुमारको मुख्य भूमिका रहेको थियो। यसको सिक्वेलमा पनि अक्षय कुमार नै दोहोरिने पक्का भएका छन्। नायिकामा सोनाक्ष सिंह दोहोरिने वा नदोहोरिने पक्का भइसकेको छैन्।
सिक्वेल फिल्मलाई ‘राउडी राठौर’ निर्देशक प्रभू देवाले नै निर्देशन गर्नेछन्। फिल्मको विषयबस्तु ‘राउडी राठौर’ जस्तै रमाइलो हुने बताइएको छ।
अहिले अक्षय कुमार चलचित्र सुर्यवंशीको छायांकनमा व्यस्त छन्। यस फिल्मको छायांकन सकिएपछि अक्षयले यस फिल्ममा काम गर्नेछन्।