काठमाडौंको मध्य बानेश्वरमा मल्टिप्लेक्स हल सुरु हुने भएको छ। असारको अन्तिमबाट संचालनमा आउने गरी अहिले धमाधम हलको काम भइरहेको छ।
मध्य बानेश्वरमा रहेको ‘आइ प्लेक्स मल’मा सुरु हुन लागेको हलको नाम ‘वान सिनेमाज्’ राखिएको छ। मलकै संचालकहरुले यो हल संचालन गर्न लागेका हुन्।
त्यहाँ २ पर्दा बन्नेछन् । एक पर्दामा २ सय १० र अर्को पर्दामा २ सय १५ सिट क्षमता हुनेछ। हलमा डबी साउन्ड, फोर के प्रोजेक्शनको साथमा सुविधा सम्पन्न सिट रहेन छन्। बजारमा चलेको टिकट दरमै दर्शकले फिल्म हेर्न पाउने बताइएको छ।
जहाँ सबै भाषाका फिल्महरु रिलिज हुनेछन्।