नायक विराज भट्टको निर्माण तथा निर्देशनमा फिल्म ‘साङ्लो’ निर्माण भइरहेको छ। यतिबेला फिल्मको छायांकन डोटीमा भइरहेको छ। यस्तैमा छायांकन स्थलबाट गीत छायांकनको केही तस्विरहरु सार्वजनिक भएका छन्।
सार्वजनिक तस्बिर विराज भट्ट र पुर्व मिस नेपाल तथा यस फिल्मकी नायिका निकिता चन्दक देखिएका छन्। जहाँ विराज श्रीमान र निकितता श्रीमतीको भेषमा छिन्।
योसँगै अहिले यस फिल्मलाई लिएर धेरै विवाद पनि भइरहेको छ। साङ्लो’का लागि डोटीको जोरायल गाउँपालिकाले बिकास निर्माणको लागि छुट्याइएको १० लाख रुपैयाँ लगानी गरेको कुरा सार्वजनिक भएसँगै यसको आलोचना पनि भइरहेको छ। जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त फिल्मलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको खबर सार्वजनिक भएको छ।
फिल्मले डोटीको पर्यटन प्रवर्धनमा सहयोग गर्ने भएकाले ‘पर्यटन प्रवर्धन’को शिर्षकमा उक्त रकम फिल्मलाई दिइएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन्। त्यहाँको सुन्दर ठाउँहरु फिल्ममा देखाइएको र त्यहाँको संस्कृति फिल्ममा देखाइएको भएकाले पर्यटन विकासका लागि भनेर उक्त बजेट फिल्मलाई दिएको उनको भनाई छ।
तर, अध्यक्षले गरेको यो निर्णयको भने व्यापाक विरोध भइरहेको छ। उनले यो रकम निर्माताको गोजीमा हाल्न नदिएको बताए। उनले, निर्माण टिमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट दिएको खुलाए।
फिल्ममा अध्यक्ष ओझाले पनि अभिनय गरेका छन्। फिल्ममा अभिनय गर्नैका लागि पनि उक्त पैसा दिएको आरोप उनलाई लागिरहेको छ। तर, उनी यस कुरालाई उनी स्विकार्दैनन्। फिल्ममै खेल्ने रहर भए आफैँ लगानी गरेर हिरो हुन सक्ने उनी बताउँछन्।