फिल्म ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ। झापा र काठमाडौंमा खिचिएको फिल्मले २९ दिनमा आफ्नो फिल्मको पूर्ण छायांकन सकाएको हो।
फिल्मकको छायांकन एकदमै राम्रो भएको निर्देशक अशोक शर्माले बताए। उनले भने, ‘हामीले २९ दिनमा फिल्मको पूर्ण छायांकन सकाएका छौँ। फिल्मको छायांकन एकदमै राम्रो भएको छ।’ कलाकारको राम्रो साथ, सहयोग र मौसमको कारण समयमै छायांकन सकिएको शर्माले बताए।
आगमी दशैँलाई रिलिज मिति तय गरेको यस फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मुख्य भूमिका रहेको छ। फिल्ममा नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तमाङ, रविन्द्र झा, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।
फिल्मको शिर्ष गीत केहि सातामै प्रेसमिट गरेर सार्वजनिक गरिने निर्देशक शर्माले बताए। ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’लाई रिमेक गरी यस फिल्मको शिर्ष गीत तयार गरिएको छ।