नायिका करिश्मा मानन्धरले यो वर्ष एसईई परिक्षा दिएको थिइन्। हालै सार्वजनिक भएको रिजल्टमा नायिका मानन्धर पास भएकी छिन्। नायिका मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन्। उनको जीपीए ३ छ।
नजिताबाट आफू हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताइन्। उनी अब व्यवस्थापन विषयमा ‘प्लस टु’ पढ्ने योजनामा छिन्।
उनी प्राइभेट कलेजमा नपढेर सरकारी कलेजमा पढ्ने बताउँछिन्। उनलाई सरकारी कलेज पनि कमजोर छैन् भन्ने प्रमाणित गर्न पनि सरकारी कलेजमा पढ्न मन छ।