फिल्म ‘प्रेमगीत ३’को लागि मुख्य नायिका पक्का भएकी छिन्। २७ सय १४ जनाबाट छानिएर टप २५ मा परेकी क्रिष्टिना गुरुङ ‘प्रेम गीत ३’ को गीत बन्न लागेकी हुन्। अमेरिकामा बसोबास गर्ने क्रिष्टिना यसै फिल्मको अडिसनका लागि नेपाल आएकी थिइन्।
आइतबार निर्माण पक्षले फिल्मको थिप पोस्टर सहित नायिकाकको नाम सार्वजनिक गरेको हो। फिल्मको प्रेमका लागि नायक प्रदीप खड्का पक्का छन्। अब भने क्रिष्टिना र प्रदीपको रोमान्स दर्शकले पर्दामा देख्न पाउनेछन्।
टप २५ मा पर्ने सम्पूर्ण उत्कृष्ट भएको भन्दै निर्माता तथा निर्देशक सेनले भने, ‘हामीहरुको लागि टप २५ नै उत्कृष्ट हुनुहुन्थ्यो। तर, हामालाई एक जनामात्र चाहिएकोले क्रिष्टिनालाई छानेका हौँ। अडिसनमा सहभागी हुने सबैलाई धन्यवाद।’
‘आशुसेन फिल्मस्’को व्यानरमा निर्माण हुने यस फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नेछन्। फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी पनि पक्का छन्।