निर्माता तथा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर फिल्म ‘लक्का जवान’को घोषणा गरिएको छ। ‘आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालि’को व्यानरमा निर्माण हुने यस फिल्मलाई शिवहरि पौडेलले निर्देशन गर्नेछन्।
पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यस फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने छ। फिल्मका सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौडेल हुन्।
फिल्मका लागि कलाकारहरु भने पक्का भइसकेका छैनन्। केही समयमा नै कलाकारहरु पक्का गरेर फिल्मको छायांकन प्ररम्भ गरिने बताइएको छ। फिल्म नायक दिलिप रायमाझीको छोरी रहने हल्ला पनि बाहिरिएको छ।