अहिले सहिद कपुर स्टारर फिल्म ‘कविर सिंह’ले बक्स अफिसमा धमका मच्चाइरहेको छ। यस फिल्मले रिलिजको ५ दिनमा नै १ सय करोडको आकडा पार गरेको थियो। सहिद कपुरको यो नै पहिलो फिल्म हो जसले १ सय करोड बढिको व्यापार गरेको छ।
‘कविर सिंह’ तलेगु फिल्म ‘अर्जुन रेड्डी’को रिमेक फिल्म हो। यस फिल्मलाई सन्दिप वांगाले निर्देशन गरेका हुन्। यस फिल्मले दर्शकबाट पनि निकै राम्रो प्रतिकृया पाइरहेको छ। सहिदको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ।
यस्तैमा, सहिदलाई नयाँ रिमेक गरिने फिल्मबाट अफर गरिएको छ। उनलाई हालै रिलिज भएको तलेगु फिल्म ‘जर्सी’को रिमेकमा काम गर्नको लागि अफर गरिएको हो। यस फिल्मको हिन्दी रिमेक राइट्स करण जोहरले किनेका छन्। उनै करणको रोजाईमा सहिद परेका हुन्।
तर, करणको यो अफरलाई सहिदले कुनै उत्तर फर्काएका छैनन्। उनले आफू अहिले कविर सिंहमा नै व्यस्त भएका कारण केही समयमा फुर्सद मिलाएर फिल्म गर्ने वा नगर्ने उत्तर दिने बताएका छन्।