फिल्म ‘सरौतो’ पहिलो गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ। बुधबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो। लोक शैलीको गीतलाई राजनराज सिवाकोटीले तयार गरेका हुन्। गीतमा उनैको शब्द , संगीत र स्वर रहेको छ। गायनमा राजनलाई मिलन नेवारले साथ दिएकी छिन्।
भिडियोमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन्। भिडियोमा सुमी र सन्नी बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका छन्। यसै फिल्ममार्फत कोरियोग्राफीमा निलिशा शाक्यले डेब्यु गरेकी छिन्। गीतमा बेहुला र बेहुलीको रुपमा पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन्।
हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्म सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तमाङलगायतको अभिनय रहेको छ।
‘बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वानक्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ। फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याकग्राउण्डस्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको छ।