फिल्म ‘हजार जुनी सम्म’ले आफ्नो रिलिज मिति हेरफेर गरेको छ। साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको उक्त फिल्म अब भने एक साता पछि सरेको छ।
साउन ३० गते बलिउड फिल्म ‘साहो’ रिलिज हुदैँछ। प्रभास र श्रद्धा कपुर अभिनित यस फिल्मलाई प्रतिक्षित फिल्मका रुपमा हरिएको छ। यसै फिल्मको डरमा परेर ‘हजार जुनीसम्म’ले आफ्नो रिलिज मिति सारेको हो।
बलिउड फिल्मसँग डराएर भाग्दा उक्त फिल्म नेपाली फिल्मसँग नै प्रतिष्पर्धा गर्न आइपुगेको छ। भदौ ६ गते नम्राता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ रिलिज हुदैँछ। सोही मितिमा अब दुई फिल्मको भिडन्त हुने पक्का भएको छ।
विकासराज आचार्यको निर्देशनमा तयार भएको यो ‘हजार जुनीसम्म’मा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ।
उता ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही लगायतको मुख्य भूमिका छ। फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका छन्।