३ वर्ष अगाडि रिलिज भएको फिल्म ‘जात्रा’ले आफ्नो प्रदर्शनको ५१ दिन पार गरेको थियो। त्यस्तै यसै फिल्मको सिक्वोल ‘जात्रै जात्रा’ले पनि प्रदर्शनको ५१ दिन पार गरेको छ। गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्मले आज शनिबार ५१ दिन पार गरेको हो। देशभरका ७ हलमा यस फिल्मले ५१ दिन पार गरेको छ।
समिक्षात्मक रुपमा पनि निकै राम्रो ठहरिएको यस फिल्मले अहिले पनि निकै राम्रो व्यापार गरिरहेको छ। फिल्मको व्यापार पनि १० करोडको हाराहारीमा पुगेको छ।
प्रदीप भट्टराई निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई लगायतको मुख्य भूमिका रहेको छ। सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन्।