सफल फिल्म ‘म यस्तो गीत गाउँछु’को सिक्वोल फिल्म ‘म यस्तो गीत गाउँछु २’मा नायिका पूजा शर्मा र नायक पल शाह दोहोरिने भएका छन्। मंगलबार मनकामना मन्दिर पुगेर फिल्मको शुभ मूहुर्त गरिएको छ। शुभ मूहुर्त कार्यक्रममा पल र पूजा हेलिकप्टर चडेर मनकामना पुगेका थिए। मनकामना मन्दिररमा पूजा गर्दै फिल्मको मूर्हूत गरिएको हो।
सुदृशन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’ सफल फिल्म मानिन्छ। यस फिल्ममा पनि पूजा र पलको जोडी बाधिँएको थियो। जून फिल्ममा पूजा र पलको जोडीलाई निकै रुचाइएको थियो।
म यस्तो गीत गाउँछु २ लाई पनि सुदर्शन थापाले निर्देशन गर्नेछन्। भदौबाट छायांकनमा जाने भनिएको यस फिल्मले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको छ।