नायिका रेखा थापाले निर्माण गन लागेको नयाँ फिल्मको लागि निर्देशक पक्का भएको छ। ‘रेखा फिल्मस्’को व्यानरमा बन्ने फिल्मलाई ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म निर्देशन गरिसकेकी रेनशा बन्तवा राईले निर्देशन गर्ने पक्का भएको छ।
शुक्रबार रेनशाको जन्मदिनको अवसर पारेर उक्त कुरा सार्वजनिक गरिएको हो। उनीहरुबीच लिखित सम्झौता पनि भइसकेको छ। अभिमन्यु निरवीले लेखेको फिल्मको नाम भने खुलाइएको छैन्। फिल्मको विषयबस्तुको विषयमा पनि केही बोलिएको छैन्।
मल्टिस्टारर कलाकार रहने फिल्मको छायांकन माघबाट सुरु गर्ने बुझिएको छ। हाल फिल्मको स्कृपमा नै काम भइरहेको छ।
यस फिल्मभन्दा अगाडि रेनशाले फिल्म आइ एम ट्वन्टी वान निर्देशन गर्नेछिन्। यस फिल्मको पनि हाल स्कृप्टमा काम भइरहेको छ।