अनमोल केसीको आगमी फिल्मलाई एफडी कम्पनीले वितरण गर्ने भएको छ। सोमबार फिल्म निर्माण कम्पनी ‘दि सुपर काजोल फिल्मस्’ र एफडी बीच लिखित सम्झौता पनि भइसकेको छ। फिल्मलाई भुवन केसीले निर्माण गर्नेछन्।
एफडी कम्पनीसँग भुवनले कमिसन लिने गरी काम गर्न लागेका हुन्। फिल्मको लागि एफडी कम्पनीले ८० लाख रुपैयाँ दिइसकेको छ।
नाम सार्वजनिक नगरिएको यस फिल्ममा भुवन केसीले पनि अभिनय गर्नेछन्। भुवनका अनुसार उनी यस फिल्ममा खलनायकको भूमिका निर्वाह गर्दैछन्। फिल्ममा बाबु र छोराको भिडन्त हुने छ।
यो सँगै फिल्मको रिलिजलाई लिएर पनि ठुलो चर्चा सुरु भएको छ। अनमोल केसीको यस फिल्म आगमी नयाँ वर्षलाई लक्षित गर्दै चैत २८ गते रिलिज गर्ने बताइएको छ। तर, यस मिति पक्का भने भएको छैन्।
यसै मितिमा प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ रिलिज हुदैँछ। यदी अनमोलको फिल्म पनि यसै मितिमा आयो भने बक्स अफिसमा अनमोल र प्रदीपको लडाई चल्नेछ।