निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको कुराले अहिले निकै चर्चा पाइरहेको छ। घरेलु हिंसा गरेको भन्दै शिल्पाले निर्माता छविराज विरुद्ध मुद्दा हालेकी थिइन्। त्यसपछि उनले छविसँग डिभोर्स मागिरहेकी थिइन्।
अहिले उनीहरुको यो प्रकरणमा नयाँ ट्विष्ट आएको छ। निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले छवि र शिल्पा विरुद्ध बहु-बिबाहको उजुरी दिएकी छिन्। आइतबार गौशाला प्रहरी वृत्तमा हेमाले उजुरी दिएकी हुन्।
पहिला उनीहरु बिचको सम्बन्ध थाहा नभएको र अहिले त्यसको प्रमाण आफूसँग भएकाले उजुरी दिएको हेमाले उल्लेख गरेकी छिन्। उनले जाहेरीमा लेखेकी छिन्, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिएँ। मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ। अहिले मेरो हातमा प्रमाण आएको छ।’
उनले आफ्नो पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन पनि माग गरेकी छिन्।