नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएकी कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। शनिबार ७२ वर्षको उमेरमा आफ्नै निवास डल्लुमा उनको निधन भएको हो। उनी, केही समयदेखि निमोनिया रोगबाट ग्रसित थिइन्।
उनलाई आज नै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ। पशुपति आर्यघाटमा रहेको विद्युतिय शव गृहमा उनको दाहासंस्कार गरिएको हो।
सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली फिल्मकी प्रथम नायिका भूवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा लगायत पशुपति आर्यघाट पुगेका थिए। यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र कलाकार संघको कार्यसमिति टिम पनि पशुपति आर्यघाट पुगेको थियो। पर्यटन मन्त्री योगेश भट्टराई पनि पशुपति आर्यघाटसम्म आइपुगे।
सुभद्राले अभिनित धेरै फिल्महरु सफल छन्। मसान, शासन, कर्जा, बाटो मुनिको फुल, किस्मत, दोस्ती, मनको बाँध, बासुदेव, कन्यादान, चिनो, भाउजु, स्वर्ग लगायत सफल फिल्ममा उनको अभिनय रहेको छ।