नायक आर्यन सिग्देल स्टारर फिल्म ‘च च हुई’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक दुई पोस्टरमा आर्यनसँगै मिरुना मगर, भोलाराज सापकोटा र माओत्से गुरुङ फिचर्ड छन्। सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई फकाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेको देख्न सकिन्छ।
रोमान्टिक कमेडी जनरमा निर्माण भएको यस फिल्ममा आर्यन र मिरुनाले जोडी बाधेँका छन्। मंसिर ६ मा रिलिज हुने फिल्मलाई ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको हो। फिल्ममा अमृत घोले लामाको लगानी रहेको छ। फिल्ममा पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय छ।
साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्मलाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्। शुसन प्रजापतीले खिचेको फिल्मलाई निर्देशक भुटियाले निर्देशन गरेका हुन्। फिल्मको गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ।