हाल प्रदर्शनरत फिल्म ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘सत्य सत्य’ बोलको गीतमा सुगम पोखरेलले स्वर दिएका छन्। प्रविन पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले लेखेका हुन्।
सिक्किममा खिचिएको गीतको भिडियोमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की फिचर छन्। भिडियोमा उनीहरुलाई निकै रोमान्टिक अवतारमा देखाइएको छ। भिडियोमा प्रियंका निकै बोल्ड देखिएकी छिन्।
विकासराज आचार्य निर्देशित फिल्ममा अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतको पनि अभिनय छ। पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्। कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन्।