सुशिल श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’को पोस्टर रिलिज भएको छ। रिलिज मिति तय गर्दै फिल्मको पोस्टर रिलिज गरेको हो। यस फिल्मले कात्तिकको १ गतेलाई रिलिज मिति पक्का गरेको छ।
जोनी सिंह राणाको निर्देशनमा तयार भएको फिल्ममा सुशिल श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङ, दीपक क्षेत्री र कमलमणी नेपालको मुख्य भूमिका छ।
हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लागनी रहेको फिल्म ‘एच एण्ड बी फिल्म’को प्रस्तुतिमा तयार भएको हो। ‘ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेन्मेन्ट’ले पनि फिल्म निर्माणमा सहकार्य गरेको छ।
अभिषेक शशी कुमारको लेखेको फिल्ममा कृष्ण भारद्धाज र कोशिश क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ।