निर्माता तथा वितरक गोविन्द शाही पक्राउ परेका छन्। अपराधिक विश्वासघातको मुद्दामा बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो।
झण्डै एक वर्ष पहिला निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले उनी विरुद्ध मुद्दा दर्ता गराएका थिए। सोही मुद्दामा सोधपुछ गर्नको लागि शाहीलाई प्रहरीले नियत्रणमा लिएको हो।
चाम्स, खड्का र शाहीको सहकार्यमा फिल्म ‘लिलिबिली’ निर्माण भएको थियो। उक्त फिल्म विरतण पनि गोविन्दले नै गरेका थिए।
फिल्मबाट आउनु पर्ने पैसा नआएको भन्दै उनीहरुले विश्वासघातको मुद्दा दर्ता गराएका थिए। चाम्स र खड्काले शाहीबाट ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लिनु पर्ने बताइएको छ।