मंसिर ६ गतेबाट रिलिज हुने फिल्म ‘च च हुई’को पहिलो गीत रिलिज भएको छ। बिहिबार एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीत रिलिज गरिएको हो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर छन्। शिशिर खातीको नृत्य निर्देशन रहेको भिडियोमा आर्यन र मिरुनाको जोडी सुहाएको देखिन्छ।
गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। राजनराज र मेलिना राईले स्वर दिएको उक्त गीतको शब्द अमृत घले लामा, राजनराज र श्याम लामिछानेले तयार पारेका हुन्।
फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, बतिता मल्लको पनि मुख्य भूमिका रहेको छ। साम्तेन भुटियाले निर्देशन गरेको फिल्मलाई सजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्। अमृत घोले लामाले निर्माण गरेको फिल्मलाई सुजन प्रजापतिले खिचेका हुन्।