नायिका रेखा थापाले आज आफ्नो ३८औं जन्मदिन मनाउँदै छिन्। रेखा पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी थिइन्।
रेखा नेपाली फिल्म क्षेत्रकी एक सफल नायिका हुन्। छविराज ओझाको निर्माणमा तयार भएको फिल्म ‘हिरो’बाट नायिकाको रुपमा फिल्म नगरीमा प्रवेश गरेकी रेखाले नायिकाको सफतासँगै आफ्नो परिचयालई फराकिलो बनाउँदै लगीन्। उनि फिल्मकी नायिका मात्र नभएर निर्मात्री, निर्देशकसँगै गायिका पनि बन्न सकिन।
करिव एक दशक फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखालाई नेपालको नम्बर एक हिरोइनको रुपमा लिइन्थ्यो। रेखाले अभिनय गरेका प्राय: फिल्म हिट छन्। उनले अभिनय गरेका सफल फिल्महरुमा ‘हिरो’, ‘हिम्मत’, ‘किस्मत’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘दुर्गा’, ‘काली’, ‘देवर बाबु’, ‘कस्ले चोर्यो मेरो मन’, ‘हिफाजत’, ‘अन्दाज’, आदि पर्दछन्।
उनले राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट, रमित ढुंगाना, आर्यन सिग्देल जस्ता धेरै नायकहरुसँग काम गरिसकेकी छिन्। जोसँग काम गर्थिन, जोडी हिट भइदिन्थियो।
फिल्म ‘हिरो’मा काम गरेपश्चात नै रेखाले निर्माता छविराज ओझासंग बिबाह गरिन्। तर उनि फिल्म क्षेत्रमा सफल भए पनि उनको वैवाहिक जीवन भने असफल भयो। करिव १० वर्ष बैवाहिक सम्बन्धमा रहेका निर्माता छविराज र रेखा अन्तरिक मतभेद पश्चात एक आपसमा छुट्टिएका थिए।
फिल्म क्षेत्रमा सफल नायिका रेखालाई राजनीतिको भुत पनि थियो। उनि २०६४ सालमा प्रचण्ड नेतृत्वको मावोबादी केन्द्रमा पवेश गरिन्। तर त्यहाँ उनले आफ्नो राजनैतिक सफलता नदेखेपछि उनि कमल थापाको नेतृत्वको राप्रपा प्रवेश गरिन्। राप्रपाको महाधिवेशनबाट केन्द्रिय सदस्य पनि बनिन्। तर अहिले रेखाले फेरी कमल थापालाई छोडी पशुपति शम्शेरको नंया पार्टी राप्रपा प्रजातान्त्रिक तिर लागेकी छिन्।
फिल्म क्षेत्रमा सफल नायिका रेखालाई अबका दिनमा पनि सफलता मिलोस्, हाम्रो शुभकामना !!!