भदौ २७ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा पासवर्डको लागि गरिएको संघर्षलाई देखाइएको छ।
एक्सन थ्रिलर जनरामा निर्माण भएको यस फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी ‘विक्की’, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगायतको मुख्य भूमिका रहेको छ।
बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनीले समेत यस फिल्ममा आइटम नाचेकी छिन्। फिल्मको केही दृष्यहरुमा उनलाई देख्न पाइने भएकाले फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।
‘एबी इन्टरनेशनल’को ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी रहेको छ। अधिकाशं छायाँकन लण्डनमा खिचिएको फिल्मलाई सौरभ लामाले खिचेका हुन्।