भदौ १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मारुनी’को तेश्रो गीत रिलिज भएको छ। लोकलयमा आधारित ‘हाँने मैले झटारो’ बोलको गीतमा अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको छ। गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ। फिल्मको यो गीतले यसको चर्चालाई अझै बढाउने पक्का छ। फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन्।
पूनम गौतमको निर्माणमा बनेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन्। फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन्। गोविन्द फुँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन्। संजय लामाले खिचेको यस फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्।