अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘पानी फोटो’को शुभ मूर्हुत गरिएको छ। काठमाडौंको बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको शुभ मूहुर्त गरिएको छ। आजैबाट फिल्मको छायांकन पनि सुरु भएको छ।
यो फिल्मको छायांकन एक दिन काठमाडौंमा हुनेछ। बाँकी छायांकन स्याङ्जामा हुनेछ। खगेन्द्रले यो कथालाई ठूलो बर्गमा पुर्याउन चाहेको सुनाए।
आफैले लेखेको नाटकलाई खगेन्द्रले फिल्मको रुप दिन लागेका हुन्। एक बेपत्ता छोराकको पर्खाईमा रहेका बाबु-आमाको कथामा निर्माण हुन लागेको यस फिल्ममा खगेन्द्र, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मालगायतको मुख्य भूमिका रहने छ। पानी पोटोमा अहिले नायिका मल्लिका महत पनि जोडिएकी छिन्।
टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने यस फिल्ममा रोजिना सिटौला र रविन्द्र बज्राचार्यले निर्माण गर्नेछन्। दीपक बज्राचार्यले खिच्ने फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन्।