शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘मारूनी’ले सन्तोषजनक व्यापार गरिरहेको छ। फिल्मलाई दर्शकले खुबै रुचाएका छन्। फिल्म हेरेका दर्शकले मारूनी उत्कृष्ट फिल्म भएको प्रतिकृया दिइरहेका छन्।
आइतबार ‘मारूनी’को विशेष शो आयोजना गरिएको थियो। विशेष शोमा धेरै जना कलाकारहरुको उपस्थिती थियो। उपस्थित फिल्मकर्मीले फिल्मलाई रुचाएका छन्। कलाकारको काम, निर्देशकिय पक्ष र विषयकस्तु उत्कृष्ट रहेको धेरैको प्रतिकृया थियो।
दोस्रो पटक फिल्म हेर्न हल पुगेका नायक भुवन केसीले फिल्मको विषयबस्तु निकै फरक भएको बताए। निर्देशकले यो विषय उठाउनु नै चुनैतीपूर्ण भएको उनको भनाई छ। कलाकारको काम पनि उनको मन पराएका छन्। निर्देशक तथा निर्माता अशोक शर्माले फिल्मलाई रुचाएका छन्।
उपस्थित नायक पल शाह, नायिका वर्षा राउत, केकी अधिकारी, रिमा विश्वकर्माले पनि फिल्म निकै उत्कृष्ण भएको र फिल्मको क्लाइमेक्स निकै सुन्दर भएको बताएका छन्।
मारूनी टिम दर्शकबाट पाएको प्रतिकृयाबाट निकै खुसी छ। नवल नेपाल निर्देशित यस फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको छ। फिल्मलाई पूनम गौतमले निर्माण गरेकी हुन्।