नायक रणवीर कपुर र नायिका आलिया भट्ट्को मुख्यण भूमिका रहेको फिल्म ‘ब्रह्माश्त्र’को छायांकन अन्तिम चरणमा पुगेको छ। रणवीर र आलियाको वास्तविक प्रेम जोडीलाई पर्दामा देख्न पाउने कुराले पनि फिल्मको चर्चा चलिरहेको छ। फिल्ममा अभिताभ बच्चनको पनि मुख्य भूमिका रहेको छ।
यस्तैमा फिल्मलाई लिएर नयाँ समचार बाहिरिएको छ। फिल्ममा नायक शाहरुख खानले पनि अभिनय गर्ने कुरा अहिले निकै चर्चामा छ। यस फिल्ममा शाहरुखको केमियो रहने छ।
शाहरुख जिरोको असफलता पछि खाली हात थिए। राम्रो फिल्मको प्रतिक्षामा रहेका शाहरुखले ब्रह्माश्त्रमा भने काम गरेका छन्। फिल्मको विषयबस्तु राम्रो भएकाले काम गरेको शाहरुखको भनाई छ। फिल्ममा शाहरुखको भूमिकाख छोटो तर, महत्वापूर्ण भएको बताइएको छ।