बलिउड नायिका अनुश्का शर्माले आफ्नो बाल्यकालको केही तस्विरहरु सार्वजनिक गरेकी छिन्। शुक्रबार उनले सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा आफ्नो बाल्यकालको तस्विर सार्वजनिक गरेकी हुन्। तस्विर सार्वजनिक गर्दै उनले ‘लिटिल मि’ लेखेकी छिन्।
सार्वजनिक तस्विरमा अनुश्कालाई निकै ‘क्युट’ देख्न सकिन्छ। सुन्दरी नायिकाको रुपमा चिनिएकी अनुश्का बाल्यकालमा पनि निकै सुन्दर भएको फोटोले पुष्टीय गर्छ। उनले सार्वजनिक गरेको तीन तस्विरमा नै अनुश्काको बाल्यकाल देखिन्छ।
अनुश्का बलिउडमा रुचाइएकी नायिका हुन्। उनलाई भर्सटाइल नायिकाको रुपमा चिन्ने गरिन्छ। उनी आफूलाई हरेक फिल्ममा फरक अवतारमा प्रस्तुत गर्न रुचाउछिन्। उनी अभिनित धेरै फिल्महरु सफल पनि भएका छन्।
अनुश्काले भरितिय क्रिकेट टिमका कप्तान विराट कोहोलीसँग प्रेम बिबाह गरेकी छिन्। उनीहरुको दाम्पत्य जोडीलाई पनि निकै सुन्दर जोडीको रुपमा हेर्ने गरिन्छ। उनीहरुको प्रेम र साथ सहयोग धेरैको लागि उदारहण बनेको छ।