हेमराज विसीको निर्देशनमा बनेको फिल्म ‘घामड शेरे’को फस्टलुक सार्वजनिक गरिएको छ। सोमबार निर्माण पक्षले फिल्मको मुख्य अभिनेता निश्चल बस्नेत फिचर पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा निश्चललाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा निश्चललाई चिन्न गाह्रो हुन्छ। पोस्टर रिलिजसँगै निर्माण पक्षले औपचारिक रिलिज मिति पनि पक्का गरेको छ। फिल्म कत्तिक ८ गते रिलिज हुने छ।
पोस्टरमा फिल्मको मुख्य नायिका स्वस्तिमा खड्कालाई स्थान दिइएको छैन। निश्चल र स्वस्तिमाले पहिलो पटक पूर्ण फिल्ममा एकसाथ काम गरेका हुन्। रियल लाइफ जोडीले यस अघि कुटुमा कुटु बोलको गीतमा सँगै काम गरेका थिए।
फिल्ममा गौरी मल्ल, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतको पनि मुख्य भूमिका छ।