सोमबार साँझ गायक राजेश पायल राईको घरमा आगलागी भयो। बानेश्वर शान्तिनगरमा रहेको उनको घरमा आगलागी भएको थियो। आगलागीबाट मानविय क्षेत्री नभएपनि उनले आफ्नो जीवकालमा पाएका अवार्ड, प्रमाणपत्र, सम्मानपत्र र मायाको चिनो गुमाए।
संगीतिक यात्रामा राजेश अहिले नेपाल बाहिर छन्। आफ्ना सम्मान पत्र र अवार्डहरु जल्दा उनको मन विछिप्त भएको छ। धेरैले राजेशलाई सहानुभूति दिइरहेका छन्। राजेश पनि दर्शकको माया नै अवार्ड हो भनेर मन भुलाइरहेका छन्।
राजेशपायलको घर जलेको समचार पाएपछि महानायक राजेश हमालले पनि एक स्टाटस लेखेका छन्। साहनुभुति दिदैँ उनले आफूहरुको दोस्ती कहिल्यै नटुट्ने बताएका छन्। उनले लेखेका छन्, ‘सबैजना सजग रहनु, राजेशपायल राईजीको घरमा आगो लागेछ। उहाँको सबै सम्मान पत्र जलेको छ। तर, उहाँको हिम्मत र हाम्रो दोस्ती कहिलै जल्दैन।’
दुई राजेशको दोस्ती निकै मज्जाको छ। आगलागीमा दुई राजेशको तस्विर पनि जलेको छ।