फिल्म ‘लप्पन छप्पन २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक फस्टलुक पोस्टरमा फिल्मका मुख्य दुई अभिनेता सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिइएको छ। पोस्टरमा सौगात र अर्पणलाई निकै आकर्षक लुक्समा प्रस्तुत गरिएको छ।
पोस्टरमा पृष्ठभूमिमा भने फिल्मका अन्य कलाकारहरुको पनि तस्विर राखिएको छ। तर, उनीहरुको अनुहार देखाइएको छैन्। उनीहरु आइफिल टावरमा नजर लगाइरहेका छन्।
केही दिनमा छायांकन सुरु गर्ने यस फिल्ममा शिव श्रेष्ठ, दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार लगायतको मुख्य भूमिका रहेको छ।
फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्नेछन्। चिज कुमार श्रेष्ठ र प्रजापति सिवाकोटीको निर्माण गर्ने यस फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्।