रभ रञ्जनको निर्देशनमा बन्न लागेको चलचित्रमा दीपिका पादुकोण पक्का थिइन् । तर, पछि दीपिकाले मिटु आरोपीसँग काम नगर्ने भन्दै चलचित्रबाट हात झिकिन् ।
अब भने यसै चलचित्रमा नायिका श्रद्धा कपुर पक्का भएकी छिन् । निर्माण पक्ष र श्रद्धाबीच मौखिक सहमति भइसकेको छ । चलचित्रको विषयबस्तु र टिम राम्रो भएको भन्दै श्रद्धा चलचित्रमा काम गर्न तयार छिन् ।
चलचित्रमा नायक रणवीर कपुर र अजय देवगण सुरुवाती दिनदेखि नै पक्का छन् । श्रद्धाले भने रणवीरसँग आफ्नो जोडी बाँध्नेछिन् ।