असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका प्राय: कलाकार फिचर्ड ट्रेलरमा कमेडी र प्रेमलाई देखाइएको छ।
दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको छ। फिल्मले ४० वर्ष पछिको प्रेम कथालाई उठान गरेको छ।
जितु र केदार कार्यकारी निर्माता रहेको यस फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ। फिल्ममा हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको छ।