शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र कबड्डी कबड्डी कबड्डीले बक्स अफिसमा तहल्का मच्चाएको छ । रिलिजको दिन नै आक्रमक सुरुवात गरेको यस चलचित्रले दोस्रो दिन पनि धुम मच्चाएको छ ।
रिलिजको दिन चलचित्रले १ करोड ४७ लाख कमाई गरेको थियो भने दोस्रो चलचित्रको कमाई १ करोड ७८ लाख रहेको छ । त्यसो हुदाँ चलचित्रले दुई दिनमा नै ३ करोड २५ लाख कमाएको छ ।
लामो समयदेखि हलमा दर्शकको उपस्थिती निकै कमजोर थियो । तर, यस चलचित्रले भने दर्शकको राम्रो साथ पाएको छ । चलचित्र हेरेका दर्शकले पनि चलचित्र राम्रो भएको प्रतिकृया दिइरहेका छन् ।
रामबाबु गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, उपसना सिंह ठकुरी, विल्सनविक्रम राई, कर्मा लगायतको मुख्य भूमिका रहेको छ । कबड्डी कबड्डी कबड्डी चलचित्र कबड्डीको तेस्रो सिरिज हो ।