यस वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको फिल्म ‘हाउसफुल ४’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा कमेडी पक्षलाई विशेष स्थान दिइएको छ। पूनरजन्मको कथालाई फिल्ममा समेटिएको छ।
यसअघिका सिरिज हिट भएकाले पनि यस फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ। फिल्मले ६ सय वर्ष पूरनो कथा र अहिलेको परिवेशलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरेको छ।
साजिद नाडियाडवालाको लगानीमा तयार भएको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पुजा हेग्डे, कृती खर्बन्दाको मुख्य भूमिका छ। यो फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्।