बलिउड नायक सलमान खान र नायिका कट्रिना कैफको सम्बन्धलाई लिएर मिडियामा धेरै समचारहरु आइरहेको हुन्छ। उनीहरु एक–अर्काको प्रेममा रहेको समचार पनि मिडियामा नआएको हैन्। तर, उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई स्विकार गरेका छैनन्। यस विषयमा उनीहरुले खुलेर कुरा गरेका पनि छैनन्।
यस्तैमा, कट्रिनाले सलमानसँगको सम्बन्धको विषयमा बोलेकी छिन्। कट्रिनाले सलमान र आफू १६ वर्षदेखि असल साथी भएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘सलमान र म विगत १६ वर्षदेखि साथी छौँ। उ एक असल व्यक्ति हो, त्योसँगै मेरो असल साथी पनि। मलाई अफ्ट्यारो परेको बेला जहिल्यै उ मेरो साथमा हुन्छ ।’
सलमानले आफूलाई जहिल्यै मद्दत गर्ने पनि कट्रिनाले बताएकी छिन्। उनले थपेकी छिन्, ‘उ सधै मसँग हुन्छ भन्ने छैन्। तर, जब म मद्दत माग्छु त्यो बेला सलमानले मद्दत गरेकै हुन्छ ।’