फिल्म ‘पर्खी बसेँ २’ निर्माणको तयारीमा छ । गोपीकृष्ण मुभिजले निर्माण गर्ने फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्। सौरभकै कथा रहने फिल्ममा सुशिल पौडेलको लेखन रहनेछ।
निखिल उप्रेती, राजबल्लब कोइराला, यूना उप्रेती लगायतको अभिनय रहेको पर्खी बसेँको सिक्वोलमा को कलाकार रहने भन्ने चर्चाको विषय बनिरहेको छ। यस्तैमा, निर्माण पक्षले नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ समक्ष फिल्मको कुरा पुर्याएको समचार बाहिरिएको छ।
फिल्मको लागि पूजा र आकाश तयार पनि भइसकेका छन्। निर्माण पक्ष फिल्मको लागि पल शाहसँग पनि कुरा गर्ने तयारीमा रहेको बुझिएको छ। फिल्ममा दुई नायक र एक नायिका रहने छन्। यो अहिलेलाई तयार भएको लाइनअप हो।