शिवहरी पौडेलले डेब्यु निर्देशन रहेको फिल्म ‘लक्का जवान’को पहिलो गीत सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश शिर्ष गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक गरिएको हो।
बाबुल गिरीको संगीत रहेको गीतमा डिपी खनालको शब्द सुन्न सकिन्छ। गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु प्राय: फिचर छन्। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले गीतमा ठुम्का लगाएका छन्।
ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको फिल्ममा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेका छन्। फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो।
‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको ‘लक्का जवान’मा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनिया लगायत सह-निर्माताको रुपमा रहेका छन्। फिल्मले चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ।