पछिल्लो समय बलिउडमा रुचाइएका कलाकार नायक कार्तिक आर्यन र नायिका सारा अलि खान स्टारर फिल्म ‘लभ आजकल’को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा कार्तिक र सारासँगै आरुषी शर्मा पनि फिचर छिन्। ट्रेलरमा आर्यनलाई दुबै नायिकासँग फिचर गरिएको छ। ट्रेलर हेर्दा फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझ्न सकिन्छ।
इम्तियाज अलीको निर्देशनमा बनेको यस फिल्मले भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रअरीलाई आफ्नो रिलिज मिति तोकेको छ। फिल्ममा दुई वटा प्रेमलाई देखाइएको छ। जसमा एउटा ‘आज’ अर्थात् २०२० र अर्को ‘कल’ १९९० को प्रेम छ।
फिल्ममा सारा बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् भने आरुषि साधारण युवती बनेकी छन्। कार्तिक लभरब्वाईको भूमिकामा छन्।