फिल्म ‘ए मेरो हजुर ४’ अभिनेता सलोन बस्नेत फाइनल भएका छन्। ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ मा पनि देखिएका सलोनलाई ४ मा पनि देख्न पाइने भएको छ। केही दिन अगाडि मात्रै निर्माणल पक्षसँग सलोनको सम्झौता भएको हो।
यस फिल्मलाई ए मेरो हजुर २ र ३ सिरिज निर्देशन गरेकी झरन थापाले नै निर्देशन गर्नेछिन्। फिल्मको लागि नायक अनमोल केसी र नायिका सुहाना थापा यसअघि नै पक्का भइसकेका छन्।
‘ए मेरो हजुर २’ मा सलोन नायक सलिनमान बनियाको साथी बनेका थिए। ‘ए मेरो हजुर ३’ मा भने उनी अनमोल केसीको साथी बने। अब ‘ए मेरो हजुर ४’ मा पनि सलोन अनमोलको साथी कै भूमिकामा प्रस्तुत हुनेछन्।
सलोन यस्ता कलाकार हुन्, जसले आफूलाई मुख्य भूमिकामा सफल बनाउन सकेका छैनन्। तर, साहायक भूमिकामा काम गर्दा उनले मुख्य कलाकारको भन्दा बढि प्रशंसा पाउने गर्छन्। त्यसैले सलोनलाई साहयक भूमिका फाप्छ भन्नेहरु धेरै छन्।
‘ए मेरो हजुर ४’लाई सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन्। हाल वर्कसप चलिरहेको फिल्म चाडौं छायांकनमा जानेछ।