फिल्म ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्वजनिक भएको छ। केतन क्षेत्रीको स्वर रहेको गीतमा मानसविक्रम थापा र अंकित बाबु अधिकारीको संगीत सुन्न सकिन्छ। गीतमा मानसविक्रमकै शब्द समावेश छन्।
गीतको भिडियोमा जयराज राय र संगीता नापितलाई देख्न सकिन्छ। प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन्।
फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को जयराज राय, श्रीदेव बि.एल. र निशा खतिवडाको लगानी रहेको छ। फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन्।
सुशिल पोखरेलको पटकथा तथा संवाद रहेको फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई देखाएको छ। फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।
माघ १७ गते रिलीज हुने फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। फिल्ममा जय र संगीतासँगै परमिता आर. एल. राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ।