सोमबार एक गीतको छायांकन सकेसँगै फिल्म ‘चपली हाइट ३’को सम्पूर्ण छायांकन सकिएको छ। गीतको छायांकन सकिएसँगै फिल्मको प्याकअप गरिएको निर्माता अर्जुन कुमारले बताए।
आइतबारबाट फिल्ममा समावेश ‘चारानाको मसला’को छायांकन सुरु गरिएको थियो। ‘चरानाको मसला’ गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर, सुवाष भुषालको संगीत छ। यो गीतको भिडियोलाई प्रदिप लामाले कोरियोग्राफी गरेका हुन्।
काठमाडौंको ठमेलको एक क्लबमा दुई दिन लगाएर उक्त गीतको छायांकन सकाइएको हो। गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। गीतको भिडियोमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीले अभिनय गरेका छन्। भिडियोमा स्वस्तिमा र सुपुष्पालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ।
निकेश खड्काले निर्देशन गरेको फिल्मले चैत्रको २८ गतेलाई रिलिज मिति तय गरेको छ।