गायक नितेशजंग कुँवरको क्रेज लोभलाग्दो नै छ। युवापुस्तामा निकै रुचाइएका गायक हुन्, नितेशजंग। नितेशजंगका धेरै गीतहरु लोकप्रिय भएका छन्। उनका हरेक गीतले युट्युबको ‘ट्रेन्डिङ’मा स्थान बनाएको हुन्छ।
अब भने नितेशलाई फिल्मको पर्दामा पनि देख्न पाइने भएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको नयाँ फिल्मको लागि नितेश तयार भएका हुन्। सुरेन्द्र र नितेशबीच मैखिक सम्झौता भइसकेको छ।
यस फिल्मको लागि सुरेन्द्रले नायिकाको रुपमा कृबाट डेब्यु गरेकी नायिका अदिती बुढाथोकीलाई रोजेका छन्। तर, अदितीसँग पनि कागजी सम्झौता भएको छैन्। अदिती फिल्मको लागि तयार भने छिन्।
सम्पादनमा निकै सफल सुरेन्द्रले फिल्म ‘कृ’मार्फत् निर्देशनमा हात हालेका थिए। नाम तय भइनसकेको यस फिल्म उनको दोस्रो निर्देशकिय फिल्म हुनेछ।