निर्देशक दीपेन्द्र लामाको फिल्म ‘२ नम्बरी’मा दयाहाङ राई र पल शाह मुख्य भूमिकाको लागि पक्का भएका छन्। फिल्ममा उनीहरुले साथीको भूमिका निर्वाह गर्नेछन्। दयाहाङ र पलले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन्।
फिल्मको निर्माण घोषणा कार्यक्रममा दयाहाङले पलको निकै प्रशंसा गरे। उनले आफू पलसँग काम गर्न लालहित भएको बोलेका थिए। उनले भनेका थिए, ‘अहिलेको जल्दोबल्दो नायक पलसँग काम गर्न म लालाहित थिए। अहिले आएर संयोग मिलेको छ। खुसी लागेको छ।’
त्यस्तै नायक पल शाहले पनि आफू दयाहाङको फ्यान नै भएको बताए। उनले भने, ‘दया दाईसँग काम गर्न पाउनु मेरो सौभाग्य ठानेको छु। उहाँबाट सक्नुपर्ने कुराहरु धेरै छन्। यस सहकार्यबाट सिक्नेछु।’
फिल्मको मुख्य नायिकामा वर्षा राउत पक्का भएकी छिन्। उनले भने पल र दयाहाङ दुबैसँग काम गरिसकेकी छिन्। आफूले काम गरिसकेको टिम पाएकाले वर्षामा पनि झुट्टै उत्साह देखिन्छ।